सरकार छाड्दै उपेन्द्र यादव, यस्तो रहेछ कारण

काठमाडौं ,सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी पार्टीलाई सरकार छोड्न दबाब आएको पार्टी निकट श्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला भियतनाम र कम्बोडियाको विदेश भ्रमणबाट फर्किएपछि राजीनामा दिने मनस्थितिमा उपेन्द्र यादप रहेको बताइएको छ । संविधान संशोधनलगायत पार्टीले उठाएका मुख्य मागहरु तत्काल सम्बोधन गर्नेगरि कदम नचाले अब सरकारमा नरहने यादवको भनाई छ ।

सरकारबाट कहिले बाहिरिनेलगायतका विषयमा छलफल गर्न सोमबार समाजवादी पार्टी, नेपालको बैठक बसेको छ । स्रोतकाअनुसार आज विहानमात्रै बाबुराम र उपेन्द्रबीच यो विषयमा गम्भिर छलफल भएको छ । प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै सरकारबाट बाहिरिने यादवको तयारी छ ।