नापी कार्यालयका सर्वेक्षक २० हजार घुससहित समातिए
प्रकासित मिति : २०७६ बैशाख २९, आइतवार
प्रकासित समय : [nepaliTime]
परासी ,नापी कार्यालय परासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रङ्गे हात पक्राउ गरेको हो।

बर्दघाट नगरपालिकाका एक सेवाग्रहीको पूर्जामा १८ धुर जग्गा उल्लेख भएपनि नक्सामा नभएकाले मिलाइ दिने भन्दै ठकुल्लाले २० हजार माग गरेका थिए। क्षेत्रफल सुधार गर्ने भनी सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको आयोग कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिए।
उनलाई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको भुसालले बताए।ठकुल्ला केही महिनाअघि मात्र अमिनबाट सर्वेक्षकमा बढुवा भएका थिए।

