रुकुममा गाडी दुर्घटना : एकको मूत्यु

एकको मृत्यु, एक घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका, ६ भण्डारीडाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो।

दुर्घटनामा चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका २ प्वाङका तिलक खड्का घाइते भएका छन् । गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने मृतक बाँठाको शवलाई पोस्ट्मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।