करिश्मा मानन्धरको घरमा चट्याङ,यसरी चिरियो रुख
प्रकासित मिति : २०७६ बैशाख २९, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो ।

चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् ।
‘म घरमा माथिल्लो तलामा मिटिङमा थिएँ, तल बिजुली चम्किएर आवाज आयो ।’ करिश्माले भनिन्, मैले करेण्ट सर्टेज भएको होला भन्ने सोचेको थिएँ तर होइन रहेछ ।’ उनले थपिन्, ‘चट्याङले रुख चिरा पारेको छ, त्यो देख्दा म अच्मममा परेँ ।’

