पाँच लाख घुससहित सामुदायिक वनका अध्यक्ष-कोषाध्यक्ष पक्राउ
प्रकासित मिति : २०७६ बैशाख २९, आईतवार १७:४६
प्रकासित समय : १७:४६
बाँके ,राप्तीसोनारी गाँउपालिकाकाका एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
राप्तीसोनारी गाँउपालिकास्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना घुससहित पक्राउ परेका हुन् ।
सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
घुस बापतको रकम लिइसकेको अवस्थामा राप्तीसोनारी गाँउपालिका–१ बैरिया कुसुमबाट पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता कृष्ण प्रसाद पाैडेल बताएका छन्।
यस्ताे छ बिज्ञप्ति