सबै विमान खरिद प्रक्रियामै त्रुटि

काठमाडौँ – संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औंल्याएको छ ।

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो ।

सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चारवटै एयरबस (दुइटा ए३२० र दुइटा ए३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए ।कान्तिपुर दैनिकमा खबर छ ।