नुहाउन गएका दुई बालकको डुबेर बेपत्ता

धनगढी,कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए।

नदीमा नुहाउन गएका बेला बालक डुबेर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुवै बालकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।