करेन्ट लागेर गम्भिर घाइते वालक सविन अस्पतालको शैयामा

उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा. न. १२ निवासी कैलो भण्डारीका १० बर्षिय छोरा सविन भण्डारीको गत चैत्र ३० गते विजुलीको करेन्ट लागी गम्भिर घाईते भएका छन् ।

गम्भिर घाइते वालक भण्डारीको हाल काठमाण्डौ किर्तिपुर अस्तपतालमा उपचार भैरहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

करेन्टी लागेर गम्भिर घाईते भएका १० बर्षिय वालक भण्डारीको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको उनको परिवारले जनाएको छ ।  

उपचारमा लागेका उनका दाजु दिपक भण्डारीले उपचारमा सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।