केसीको सरकारलाई ब्यङग्य – कहिले सासुको त कहिले बुहारीको पालो

संसदमा सरकार र प्रतिपक्षको जुहारी

काठमाडाैँ,राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सरकार र प्रतिपक्षको विचमा चलिरहेको जुहारी कहिले सासुको त कहिले बुहारीको पालो भने जस्तो बताएका छन ।

नेपालमा संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले वास्तविक रुपमा मुक्ति नपाउने केसीको भनाई छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय जन मोर्चाका अध्यक्ष समेत रहेका  केसीले सत्तामा बस्नेहरुले आस्था र विचारका आधारमा फरक मत राख्नेहरुप्रति पूर्वाग्रह राखेको आरोप लगाएका छन् । कुनैबेला सांकेतिक रुपमा राजतन्त्रको विरोध गर्दा आफूमाथि राजकाजविरुद्धको मुद्धा लगाइएको स्मरण गर्दै केसीले सत्तामा पुगेर लुट मच्चाउने पात्र फेरिएपनि लुटतन्त्र अन्त्य नभएको धारणा राखे ।

“प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आयो तर शासन सत्तामा बस्नेहरुको चरित्र बदलिएको छैन । कागजमा विभिन्न प्रकारका अधिकार लेखिएपनि व्यवहारमा जनताले अधिकार प्राप्त गर्ने अवस्था सृजना भएको छैन” केसीले भने ।

सांसदहरुको जावाफ दिने क्रममा प्रधानमन्त्रीले गरेको सम्बोधनप्रति संकेत गर्दै केसीले त्यस प्रकारका घटना कुनै व्यक्ति वा पार्टी विशेषको भन्दापनि संसदीय व्यवस्थाको उपज भएको धारणा राखे ।