विप्लव नेतुत्वको नेकपाका पोलिटव्युरो सदस्य रणबिर गिरप्तार

सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावसाली युवा नेता तथा पोलिटव्युरो सदस्य भरत वम ‘रणविर’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।

वुधवार नेपालगन्ज कोहलपुरको विचमा रहेको गनापुरको एक गाउँवाट गिरफ्तार गरिएको उक्त पार्टीका एक  नेताले कुशे न्युजलाई बताएका छन । संगै रहेका उहाका सहयोगी  कालिकोटका सत्य वहादुर शाही पनि गिरफ्तार भएका छन् ।

बम नेकपा पश्चिम कमान्डका प्रभावसाली नेता हुन ।उनलाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा रखिएको प्रहरीले जानकारी दिएको छ ।

यस अघी नेकपाका स्थाई समिटी सदस्य तथा मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश अोली ‘शुदर्शन’, पोलिटव्युरो सदस्य मोहन कार्की ‘जिवन्त’ लगायतका नेताहरु गिरफ्तार भैसकेका छन  ।

उक्त पार्टी माथी प्रतिवन्ध लगायको दुई महिनाको अवधिमा पाच सय भन्दा वढी नेता तथा कार्यकर्ता लाई प्रहरीले गरिफ्तार गरिसकेको छ ।