मंगलवारदेखि इस्लामीहरुको पवित्र पर्व रमजान शरिफ सुरु
प्रकासित मिति : २०७६ बैशाख २३, सोमबार १९:०४
प्रकासित समय : १९:०४
मुश्लिम समुदायको पबित्र पर्वको रुपमा मानिएको रमजान भोलीदेखि बिधिगत हिसाबले सुरु हुदैछ । मुश्लिम समुदायको लोकप्रिय पर्वका रुपमा रहेको रमजाम शरिफ एक महिना बर्त बसेर मनाइन्छ ।
इस्लामी परम्परा अनुसार एक महिनासम्मा इस्लाम धर्मालम्बीहरु दिनभर अन्न जलका साथै सम्पूर्ण खाने र पिउने कुराहरु त्यागी उपबास गर्दछन्त्र जसलाई रोजा भनिन्छ ।
मंगलबारबाट सुरु पर्व अन्तर्गत रोजाको समयमा बिशेष प्रार्थना एबं धर्मग्रन्थ कुराआनको पाठ गर्नुका साथै अनुचित र अनैतिक काम कुराहरुबाट टाढा रहनु पर्ने मान्यता छ ।
मुसलमानहरुले यो महिनालाई आत्मशुद्धी र संयमको साथै बर्ष भरीको लागी व्यवहारिक तालीमको महिना ठान्दछन् । यस महिनाको अन्तपछी भोलिपल्ट मुसलमानहरुको प्रसिद्ध चाड ईदूल फित्र मनाईन्छ ।