बालुवाटारको सरकारी जग्गा प्रकरण: महासचिव पौडेल भन्छन

“कारवाही भोग्न तयार छु।”

नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन आफ्नौ कुनै संलग्नता भेटिए आफु जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् ।

उनले बालुवाटारको सरकारी जग्गा हिनामिनाबारे आफुुसहित शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराई समेतको नाम जोडेर आएका समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै आफु कारवाही भोग्न तयार रहेको बताएका हुन् ।

महासचिव पौडेलले त्यसबारे आफुले विज्ञप्तिमार्फत सत्य–तथ्य यसअघि जानकारी गराइसकेको भन्दै व्यक्तिका नाममा सरकार जग्गाहरु गैरकानुनी रुपमा दर्ता गराएकोलाई सरकारले सरकारको स्वामित्वमा चालेको कदमलाई हार्दिकतापुर्वक स्वागत गरेको पनि बताए ।

‘ललिता निवासको जग्गा प्रकरणका सम्बन्धमा छानविन होस्,सत्य–तथ्य सार्वजनिक होस्, दोषीलाई कडा कारवाही होस् भन्ने माग गर्छु । र, म आफु दोषी ठहर भएमा जुनसुकै कारवाही भोग्न तयार रहेको पनि स्पष्ट गर्न चाहान्छु’ पौडेलको भनाई छ ।