तीन जना एसएसपीको सरुवाः काठमाडौं प्रहरी प्रमुखमा सुवेदी

महानगरीय अपराध महाशाखा प्रमुखमा थापा

तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो ।

सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् ।

त्यस्तै अपराध महाशाखाका रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् । सुवेदी यसअघि प्रहरी प्रवक्ता थिए भने लामा महानगरीय प्रहरी परिसर काठमाडौमा थिए । त्यसैगरी थापा पूर्वी क्षेत्रीय तालिमकेन्द्र विराटनगरमा थिए ।