कर्णालीका सांसदको दुखेशो हामी गणतन्त्रमा खच्चडलाई माला लगाइरहेछौँ

काठमाडाैँ ,जुम्लाका प्रतिनिधि सभा सदस्य तथा सांसद गजेन्द्रबहादुर महतले कर्णालीबासीलाई राज्यले बिभेद गरेको बताएका छन ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले कर्णालीबासीलाई चामलको र औषधीकोे चिन्ता भएको भन्दै केन्द्रिय राजधानीले सामान्य कुरा समेत उपलब्ध गराउने बिषयमा अल्झाएको आरोप लगाए ।

उनले कर्णालीका जनता गणतन्त्र आउदा समेत खच्चड र गाडीलाई माला लगाउन ठिक्क भएको बताए । उनले बिकास र समृद्धीको कुरा काल्पानीक सपना भएको भन्दै यसलाई पुरा गर्न सरकारको ध्यान यथासिघ्र जानुपर्ने बताए ।