भनेपछि बुढो आफै पोईल… !

सायद २०४७ तिरको कुरा होला डा.बाबुरामले बाचस्पति देबकोटा तत्कालिन एमालेमा प्रवेशको विषयलाई लिएर संभवत योजना साप्ताहिक (जनादेश) मा पनि हुनसक्छ बुढो पोईल गयो भन्ने शिर्षकमा एउटा लेख लेख्नु भयो । शव्दमा कण्ठ आएन तर भावमा बिचारमा बिचलन आएको भन्ने थियो । डा.सापको लेख प्रकाशित भएको आज २८ बर्षपछि घटनाक्रम २८ बर्षपछि फर्कियो ।

हाम्रो समाजमा एउटा परंपरा,प्रचलन वा संस्कार भनौं घरजम नगर्ने वा लोग्ने अथवा स्वास्नीको अन्यत्र माया पिरति हिमचिम बढ्न गयो भने पहिलो सम्बन्ध तोड्ने वातावरण बनाईन्छ ।

लोग्ने अन्तै लागेको भए स्वास्नीलाई आरोप लगाउछ यस्ले त बेलामा खानै दिन्न,बोक्सि जस्ति छे राति राति घुम्छे अनि सासुले यो त घाम लागुन्जेल सुत्छे ढोका पोत्नु त परै जावस यसलाई पालेर के काम अनि स्वास्निको मन अन्तै भए माईतिमा गएर आमै त्यो घरमा त खानै दिदैनन् । दिए भने सबैले खाईसकेपछि एक गाँस भाडा माझ्ने सहित दिन्छन् ।त्यो घरमा जानू भनेको आत्म हत्या गर्नु हो।

यसको अर्थ लोग्नेले आरोप लाउदा तिउनमा नुन् नहालेको र स्वास्नीले आरोप लाउदा समयमा आउदैन कहाँ जान्छ ? घर भाड्न यो भन्दा ठुलो बिषय चाहिएन। डा.बाबूराम भट्टराई तत्कालिन माओवादीको वरिष्ठतम् उपाध्यक्ष प्रचण्डको प्रस्तावले अध्यक्षको उमेदवार ।

प्रचण्डकै प्रस्तावले उहाँलाई आउने महाधिवेशनमा अध्यक्ष बानाउने पार्टिको सोच थियो । त्यहि सोचले डा.सापलाई पश्चिम कमान्डको इन्चार्ज बनायो पार्टिले । यो अबसरलाई उहाले गुट निर्माणमा लगाउदै बाके,जुम्ला,कालिकोट र जाजरकोटमा गुट बैठक गर्नु भयो । यो पंक्तिकार आयोजक भएर पनि गुटको ब‌ैठमा प्रबेश निशेध भयो ।

गुटको बैठकमा बाबुरामको भाषण प्रचण्ड नबदलिएको , नया बिचार ,राजनिति ,समृद्धि र नयाँ संगठनको बिपरित परंपरागत भए भन्दै नयाँ बिचार र दृष्टिकोणको आधारमा नयाँ संगठन चाहिन्छ । यो भनाई बाबुरामको बिचारमा बिचलन र बौद्धिक दम्भ थियो ।

उहाले अरुलाई प्रशिक्षण दिंदा बिचारमा बिकास गर्नु पर्छ । भन्दै प्रचण्डलाई नयाँ हुन नचाहेको र हिजो आज प्रचण्डले यो खायो त्यो खायो र म भागे भनेर आफुले अर्कोसंग गरेको अवैध प्रेम लुकाउन प्रचण्डलाई आरोप लगाउनु भयो ।

कुनै बेला बाबुरामले प्रचण्डलाई यो शताब्दीको लेलिन भन्नू हुन्थ्यो । २०७० को चुनावमा हिसिला यमीले चुनाव हारेपछि प्रचण्ड बिग्रिएको देख्ने बाबुरामले प्रचण्डलाई नेतृत्वले नैतिकताको आधारमा नेतृत्व छोड्नु पर्ने धारणा राख्नु भो । तर परिस्थितिले उहाँलाई साथ दिएन ।

बाबुरामको डक्टरिएट ईन्जिनियरिङ तर्फ काम लाग्ने र राजनितिमा काम नलाग्ने भएपछि मोदि र केजरिवाल बन्न भाग्नु भो । तर उहाको घरजम उपेन्द्र यादवसंग हुने भएर माओवादीसंग सम्बन्ध तोडेर जानू भयो ,भनेपछि बुढो पोईल गयो ।