सत्तारुढ दलकै सांसद सापकोटाले भने– आखिर कहाँ छैन भ्रष्टाचार ?

काठमाडौं,सत्तारुढ दलका सांसदका अग्नि सापकोटाले जताततै भ्रष्टाचार माैलाएकाे बताएका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सापकाेटाले भने, ‘भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुहोस् । कहाँ छैन भ्रष्टाचार ?’

उनले बालुवाटार खुलामञ्च, जनकपुर, पोखरालगायत भ्रष्टाचार भएको हजजार ठाउँको नाम लिन सक्ने बताए। केही महिनाअघि संसदको अन्तर्राष्ट्रिय समितिले आफूलाई हायात होटलले भोगचलन गरिरहेको सरकारी जग्गाको छानविनको जिम्मा दिँदा डरलाग्दो अवस्था देखेको बताए। उनले भने, ‘उक्त विषयमा अध्ययन गर्दै जाँदा डरलाग्दो चित्र देखियो । लाग्यो– यो देशको माया गर्ने कोही छ र?’

उनले देशैभरी कर्पोरेट शैलीमा जग्गा हडपिएको बताए। एनसेललगायतको करछलीलाई सामान्य आर्थिक विषय नबनाउन आग्रह गरे । यहाँको सरकार, प्रशासन र अदालतलाई प्रभाव पारेरसार्वसौभ सत्तामाथि आक्रमण गर्ने सुनियोजित रणनीति भएको बताए।

आफूले हायात होटेलले भोगचलन गरेको सरकारी जग्गाको अध्ययन गर्दा १० औं हजार विगाह भूमाफियाले कब्जा गरेको पाएको बताए । यसलाई नियन्त्रण गर्न सरकारी, सार्वजनिक र गुठीका जग्गा छानविन गर्न एक महिनाभित्र कानून बनाउन सुझाए । शक्तिशाली उच्चस्तरीय आयोग गठन गरेर जग्गा सरकारको नाममा फिर्ता ल्याउन ध्यानाकर्षण गराए।