राष्ट्रिय सभा अध्यक्ष टिमिल्सिनाको कमाल

चालक र कार्यालय सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब खल्तीमा

काठमाडाैँ ,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको छ ।

जब कि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक्ष ज्यूको गाडि अधिकांश समय संसद सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ। तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद सचिवालय श्रोतले भन्यो ।

अध्यक्ष तिमल्सिनाले चार जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसो गरिएको श्रोतले बतायो। तिमलिस्नाले चार जनाको कूल तलब गरेर मासिक ६९ हजार एक सय ४० रुपैयाँ बुझ्दै आएका छन् ।

अध्यक्ष तिमल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन बस्नेको तनागरिकता नभएको र चालक परिवर्तन भइरहने कारणले चार स्वकीयको खाता नखोलिएको दाबी गरेको छ।
नयाँ पत्रिकाबाट