यस कारण पक्राउ परिन पूर्वसभासद साह

काठमाडाैँ ,आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई पक्राउ गरेको ललितपुर प्रहरीले जनाएकाे छ । 

‘गायत्री साहले अस्पतालमा होहल्ला गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको प्रहरिले बताएकाे छ । पुर्वसभासद शाहले ‘बच्चा लिन अस्वीकार गरको भन्दै मेडिसिटिले उजुरी दिएको थियो।

 त्यसपछि अदालतबाट पक्राउ पूर्जी लिएर शाहलाइ  पक्राउ गरेकाे ललितपुर प्रहरी परिसरले जानकारि दिएकाे छ ।  पक्राउ पर्नुअघि साहले मेडिसिटी अस्पतालविरूद्ध प्रदर्शन गरेकी थिइन्।

साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । तर, बच्चामा डाउन सिन्ड्रोम देखिएकाे र  अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको साह र उनको परिवारको आरोप छ ।