बिद्यार्थी नेता प्रेम प्रशान्त बोहरा गिरफ्तार

सरकार द्धारा प्रतिवन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका उपाध्यक्ष प्रेम प्रशान्त बोहरा पक्राउ परेका छन् ।

उनलाई विहिवार कक्षा १२ को परिक्षा दिरहेकै अवस्थामा परिक्षा हल वाटै गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी) पश्चिम रुकुमले जनाएको छ । संगठनका जिल्ला अध्यक्ष सुरेन्द्र वस्नेतले विज्ञप्ती जारी गरी आफ्ना गिरफ्तार विद्यार्थी नेताको रिहाको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्रतिबन्धित नेकपा पार्टीको गतिविधिमा संलग्न आशंकामा उनलाई पक्राउ गरिएको वताएका छन् ।

बोहरालाई सार्वजनिक अपराध कसुरमा मुद्‍दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । केही समयअघि मात्र विद्यार्थी नेता हरि पुन सहित दुईजना पक्राउ परेका थिए । उनीहरूलाई केहि समय हिरासतमा राखेर अनुसन्धान गरिए पनि हाल छोडिसकिएको प्रहरीले बताएको छ ।

रुकुममा विप्लव नेतृत्वका विद्यार्थी नेताहरू पक्राउ परे पनि पार्टीका कुनै पनि उच्च नेतृत्वहरू भने पक्राउ परेका छैनन्। सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएसँगै उनीहरू भूमिगत बनेका हुन् ।