बर्दियाका आँधी पिडितका लागी कोहलपुरका युवाहरुको पहल

यसरी जुटे उद्धार र राहातमा

बर्दियामा आएको आँधी र हुरीवतास वाट क्षति बेहोरेका परिवार लाई सहयोग गर्न भन्दै कोहलपुर वाट युवाहरुको एक टोली वर्दिया पुगेको छ ।

कोहलपुरका समाजसेवी युवा मिनु मल्ल, टोपराज जैशी लगायतकोको करिब आधा दर्जन युवाहरुको टोली बर्दियाको हावाहुरी प्रभावित बस्तीमा पिडितको राहत र उद्धारका लागी भन्दै खटिएका छन् ।

गएको विहिवार आएको आँधिहुरीले बर्दियाको बाँसगढी नगरपालिका वडा।न। २ राझाका करिव ४० घर परिवार प्रभाति भएका छन् । केही घरको पुरै छाना उडाउनुका साथै कच्चिघरका भित्ताहरु पुरै भत्किएका छन् । घर भित्र रहेको अन्तपात पनि भिजेर नस्ट भएको छ ।

उक्त विनाशकारी आँधीवाट प्रभावुत परिवारहरुको लागत संकलन गरिसकिएको र आईतवार पिडित सवै परिवार लाई खाध्य त्रिपाल, सामग्री र लत्ताकपडा वितरण गरिएने युवा टोपराज जैशीले वताउनु भयो ।