विवादमा राष्ट्रपतिको सम्बोधन सरकार नेपाली जनताको कि राष्ट्रपतिको ?

प्रतिपक्षको बिरोध सत्तापक्षको वाहीवाही !

मुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार ‘नेपाली जनातको कि राष्ट्रिपतिको ?’ भन्दै प्रश्न गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि काँग्रेसले यस्तो प्रश्न उठाएको हो ।

काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्विट गर्दै प्रश्न गरेका छन्, ‘कुनै बेला ‘श्री ५ को’सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ? आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?’

सम्माननिय l मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?

कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?

यस्तै काँग्रेसका सांसद गगन थापाले पनि राष्ट्रपतिको सम्बोधन प्रति आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘म त नेपाल सरकारको ( जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

ल हेर्नुुस जस्ताको तस्तै काँग्रेस प्रबक्ताको भनाई