बिज्ञान विश्वासिहरुको स्थायी बैरी हो
भनिन्छ बोलेको शब्द हराउदैन । किनकी शब्द शक्ती हो । बिज्ञान भन्छ पुन रेकर्ड गर्न मिल्नेछ शायद एक दशक वा त्यो भन्दा छिट्टै । ईमेल र फोनका कुरा त स्वतस् रेकर्डमा छन नै । आज सिलिकन वा इलेक्ट्रोमग्नेटिक प्रबाह भएका शब्द तिनै बिधिले पुनस् डाटाको रुपमा रि रेकर्ड गर्न मिल्ने छन ।
हाम्रा नेपाली सत्ताका आवाज जो टिभी वा फोनमा बजेका छन । उनिहरुको नियत, बार्ता, आदेश र सम्बाद्को ईतिहासको पन्दुरो खोलिने छ, मन्त्रिका आदेश देखी पीडित का चित्कार फेरी रिप्ले गर्नेछन जब जनता मालिक हुनेछन ।
अहिले बनाइएका झुट्ठा मुद्दादेखी अराजनितिक षड्यन्त्रका सबै कर्तुत खुल्नेछन । जब ५०० मान्छेको भ्वाइस दिटेक्टेड रि रेकर्ड हुनेछ जनताको ल्याबमा । शक्ती र सत्ता, दमन र यसको व्याकरण, सुरक्षा निकाय र दलाल सबैको टाईम पेरिओड भ्वाइस रेकर्ड जनताको उच्च न्यायिक कमिसनले बाहिर ल्याउने छ ।
कुन काण्डमा कती कसले कहाँ कोसँग मिलेर खाए, तिनको सम्पत्तिको फेहरिस्त जब बिगब्याङु भएर आउनेछ । , त्यो बेला यिनिहरुलाई सबै भन्दा पहिले थुक्ने उनिहरुका आफ्नै सन्तान हुनेछन । जसकाे लागि कमाउ धन्दाको स्वर्ग चलेको छ उनिहरुका सन्तान भन्नेछन । किन म तिम्रो सन्तान भएर जन्मेछु ।
जुलियन असान्जे, हकिन्स र जुकर्बर्ग जस्ता तर जनताका सवाल उत्खनन गर्ने मान्छे जन्मिने छन । ५००० मान्छेसँग बयान लिइने छ । देशद्रोही को हो ? राजद्राेही को हो ? जनघाती को हो ? अन्न्याय गर्ने को ? कस्को मनसायमा बितण्डाको खेल थियो ? कसकाे आदेशमा कुन काण्ड भयो ? निर्मला किन र कसले मार्यो ? सुन र जहाज कसले निल्यो । आदी इत्यादी सप्पैको नायक थिए को खलनायक सप्पै आउनेछ ।
पाँच बर्षमा बिज्ञानले हातमा सत्य ल्याउनेछ । नयाँ सत्ताले यो कमिसन गठन गरेर यो देशलाई मुक्ती दिने पहिलो कार्यभार हुनेछ । अहिलेका पदासिनहरु धेरैजसो जिवित हुनेछन त्यो दिन बिज्ञान र जनताले कथाघरामा उभ्याएको भोग्न । स्याटलाइट युगको प्रचार हुँदैछ, र म त खुशी छु । किनकी प्रबिधीको प्रयोग यो देशलाई नरक बनाउने किराबाट मुक्त गर्ने बाटोमा जादैछ ।
फुर्ती नलाये हुन्छ। दुइचार जना वा सयजना क्रान्तिकारीलाई गैह्रन्यायिक टेलिफोन लोकेसन गरी लखेटदैमा । बैज्ञानीक सत्ताको सोच, परम्पराबादी कुशासन भन्दा लाख गुणा अग्रगामी हुन्छ । बिज्ञान विश्वासि हरुको स्थाई बैरी हो । बिज्ञान सत्य र झुटको निवारण गर्ने बिधी हो । मलाई थाह् छ, मैले कफिसपमा गरेको कुराकानी र यो मितिमा के बोलेको छु, भोली मेरो देशले सुन्न सक्ने छ ।