ह्वात्तै बडयो नेपालगञ्जमा गर्मी,तापक्रम पुग्यो ४३ डिग्री सेल्सियस
नेपालगन्जमा तापक्रम ह्वात्तै बढेकाे छ । एक्काशी तापक्रम बढदा जनजिवन प्रभावित भएकाेे छ । बैशाख महिनामै ४३ डिग्री नाघेको छ । यसअघिका बर्षमा जेठ र असारमा अत्याधिक तापक्रम पुग्ने नेपालगन्जमा यसपटक भने बैशाखमा तापक्रमले पछिल्ला बर्षका रेकर्ड नाघेको हाे ।
गतसाता देखि नेपालगन्जको तापक्रम ४० डिग्री पार गरेको छ । अत्याधिक र न्यूनतम तापक्रम बढ्दा नेपालगन्जमा चर्को गर्मी महसुस गरिएको छ । बढ्दो तापक्रम र तातो हावाका कारण पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ ।
बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४२.८ डिग्री सेल्सियस रह्यो ।
नेपालगन्जमा हालसम्म अधिकतम तापक्रम १९९५ मा ४६ डिग्री भन्दा पनि उच्च पुगेको भएपनि त्यसको आधिकारिक रेकर्ड हाल उपलब्ध छैन ।
त्यसपछि २००५ जुनमा ४४.७ डिग्री, सन् २००८ अप्रिलमा ४१.६, २००९ जुनमा ४२.२, सन् २०१० जुनमै ४३.२, सन् २०१२ मा मेमा ४४.२ सम्म नेपालगन्जको तापक्रम पुगेको थियो ।