बिप्लवका बाँकेका नेता बिसीको दावी – बाँकेको नेतृत्वले जंघार तराउने हैन डुबाउने निश्चित छ

आर्थीक रुपमा हिनामिना गरेको भन्दै बिप्लव नेकपाका बाँकेका सदस्य तथा आर्थीक बिभाग सदस्य चक्र बिसीलाई उनको पार्टीले स्पष्टीकरण लगेको छ । अनाबश्यक आरोप लगायर स्पष्टीकरण लगेको भन्दै जिल्ला सदस्य बिसीले गुनाशो गरेका छन । बिसिसंग हाम्रा प्रतिनिधिले साेधेका ३ प्रश्न र उनको गुनाशो यस्तो रहेको छ ।

 १.तपाईंलाई आर्थीक रुपमा हिनामिना गरेको भन्दै जिल्ला पार्टीले स्पस्टिकरण लियो भन्ने छ खास कुरा के हो ?

नेपाली कम्युनिस्ट आन्दोलन भित्रको एउटा हिस्सेदार मानिने कम्युनिस्ट पार्टी र दश बर्से जनयुद्ध हुँदै यहाँसम्म आइपुग्दा मैले बाल्यकालदेखि त्याग तपस्या गर्दै ब्यक्तिगत इच्छा र भबिस्यलाइ तिलान्जली दिदै यहाँसम्म आएको सर्वबिधितै छ।

तर बाँकेको नेतृत्व ब्यक्तिबादी सङ्कृर्ण सोचाइ भएको र कार्यकर्तालाई दास मनोबृती अनुसार टाका बनाएर चलाउने देश जनता कार्यकर्तालाइ गुलाम बनाउन प्रेरित गराउने उदेश्य सहित प्रस्तुत भएर मेरो निस्ठा इमानदारीता समर्पणलाई अमुल्यन गर्ने उदेश्य सहित मेरो राजनैतिक भबिस्यमा नै हमला गर्ने गर्ने काम भएकोछ।

जो भनेको नाङ्लो देखाएर हाती तर्साउने प्रवृत्तिलाई नाङ्गेझार पार्न आबस्यक छ। कथित पारदर्शिताको नाममा आफ्नो गल्ती कमजोरी अनियमितालाई नदेख्ने ईमानदार कार्यकर्ता माथी गरिने दुसित क्रियाकलाप बाहेक केही हैन।

२.बाके नेकपा भित्र बिगतलेखि नै आर्थिक बिषयमा बिवाद आइरहन्छन । अहिले तपाईको नि आर्थिक विषयमा नै कुरा उठ्यो खास के हो ?

 बिगतमा उठेको विषय सार्बजनिक भै टुङ्गिसकेको कुरा हो । जहाँसम्म मेरो कुरा छ । मैले पार्टी जीवनकाल पार्टीको लागि आर्थिक रुपले कति योगदान गरेको छु । पार्टीको ब्यबस्थापनको लागि कति ऋणत्मक अबस्थामा छु मेरो बारेमा कुरा उठाउनेहरु नै बढ्ता जानकार छन ।

तर तथ्यबिहिन आधार बिहिन प्रमाण बिनाको शङ्काको भरमा सफेद झुट कुरा गरेर संकीर्णताबादि चरमब्यक्तिबादी यान्त्रिक बुझाइको आधारमा जुन कुरा उठाइयो त्यो सरासर पुर्बाग्राही मुडाग्राही चिन्तनको सिकार भएको बाहेक केही हैन।

संगठन कार्यकर्ता योजना कार्यक्रम प्रतिको गम्भीरता नभए निम्न पुजिबादी सोच सहित उठाएको कुरा हो। जसले गर्दा पार्टी आन्दोलन र जनता प्रती आत्मघाती बाहेक अरु केही गर्दैन। मैले कुनै निहित स्वार्थ पूरा गर्ने कुनै पनि निच प्रलोभनको लागि सोचेको नि छैन लाभ लिने कुरा त टाढाको कुरा हो। ब्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर आएको कुरा बुझ्न नसक्नु आश्चर्यको विषय बनेको छ।

बाके जिल्लाको नेतृत्वले सगठन कार्यकर्ता जनताको सेवक बन्ने सिर्जनात्मक कार्ययोजना समग्र बन्नु पर्नेमा अकर्मण्यताबादी अन्यौल बन्दै नितान्त ब्यक्तिगत र मनोगत रुढिग्रस्त कार्याशैली बुझाइले ईमानदार कार्यकर्ताको अमुल्ययन गर्ने दिशातिर दोलायामान हुँदै गएको प्रष्ट छ।

शिन्काे भाच्न नसक्ने, अन्तरबिरोधी कार्यशैली, नीति विधि अनुसार परिचालन नभएको। पारदर्शीता नाममा आफ्नो कमजोरी ढाकछोप गर्ने उदेश्यले आएको विषय प्रष्ट छ। तथ्यप्रमाण बिहिन आधारहिन कुरा गरे अस्थिरता सिर्जना लाभ लिने नियत नै मुख्य बाकेको नेतृत्वको दिनचर्या हो।

३.तपाइको भनाई अनुसार पार्टी तपाँइप्रति पुर्बाग्राहि भएको देखियो भन्ने न हो अब के गर्नु हुन्छ  त ?

नेतृत्व भनेको शंस्लेषण रक्षा र आक्रमण हो। बिचार योजना र सरक्षक हाे । अभिभावक हुनु पर्ने हो। तर बाकेमा त्यस्तो रहेन कार्यकर्ता बिचलन पलायन गर्ने सगठन निर्माण हैन विघटन गर्ने काम भयो । यहाँनेर नितान्तै ब्यक्तिबादी, संकिर्णता रुढीबादी र बच्चापनको सिकार भएको पाइयो ।

नीति विधि पध्दती सगठनात्क लेनिनबादी पद्धतिबाट परिचालन गर्ने नभै मनोगत आकाक्षा र उदेश्य पूरा गर्न कार्यकर्ताको बरियता इतिहासलाई ध्वस्त पार्ने अस्थिरता सिर्जना गर्ने काम बाहेक केही भएन । नीति र विधिबाट हल भन्दा नि प्राबिधिक परिचालन लगागतका अपारदर्शी कार्यशैली नै पार्टी सङ्गठनको घातक र प्रत्यात्पाक हुने निश्चित छ। बाकेको नेतृत्वले जघार तराउने तर्ने हैन डुबाउने निश्चित छ।

उनि अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय सदस्य समेत हुन ।