यसकारण सयुक्त बिद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र
कोहलपुर ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने नैशर्गिक अधिकारलाई कुण्ठित गरिएको भन्दै ६ बिद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन ।
बांकेको कोहलपुर स्थित त्रिभुवन माध्यामिक बिद्यालयले नयां शैत्रिक सत्रमा भर्ना हुन आएका सयौँ बिद्यार्थीहरुलाई प्रबेश परिक्षाको नाममा फेल गराएर पढनवाट वन्चित गराएको भन्दै ६ बिद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझाउनेमा विप्लव नेतृत्वको नेकपा निकट भातृ संगठन अखिल (क्रान्तिकारी) लगायत ६ वटा विद्यार्थी संगठनहरुले सयुक्त रुपमा बुझाएका हुन ।
विद्यार्थी संगठनले प्रवेश परिक्षा सम्मिलित सवै विद्यार्थीहरु भर्ना गर्नुपर्ने २४ घण्टे अल्टिमेटम सहितको माग समेत राखेका छन् ।
संविधानमा नै मौलिक हकको रुपमा व्यावस्था गरिसकेको अवस्थामा झन सामुदायिक विद्यालयवाट नै प्रवेश परिक्षाको नाममा विद्यार्थी पलायन हुन बाध्य पारिनु आफैमा राज्य र राज्यदारा सन्चालित निकाएको लाचारीपन भएको अखिल (क्रान्तिकारी) बाँकेका सचिव डिबि शाहीले बताए ।
तर उक्त बिद्यालयकी प्रधानध्यापक देवका थापाले भने धेरै बिद्यार्थीहरु भएकोले बिद्यालयको भौतिक संरचना र साधनस्रोतले धान्न नसकेका कारण भर्ना लिन नसकेको बताइएको छ ।
वैशाख १२ गते लिएको परिक्षामा ७८८ विद्यार्थीहरु मध्य २९९ जनालाई मात्र पास गराएपछी वाकी विद्यार्थीहरु भर्ना हुन नपाउने भएका हुन ।