गणतन्त्रमा दोहोरो चरित्र पटक्कै सैय नहुने – शहरी विकास मन्त्री राई
नेपालगञ्ज, शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले गणतन्त्रमा कसैले पनि दोहोरे चरित्र देखाउन उचित नहुने भन्दै सचेत हुन चेतावनि दिएका छन । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति नेपालगन्जको प्रथम नगर अधिवेशन कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन ।
नेपालगञ्ज उपमहानगरपालिकासंग तिर हान्दै मन्त्री राईले त्रिभुवन चोकको बिवादका बिषयमा गणतन्त्रमा राजाको मुर्ति स्थापना हुन नसक्ने प्रष्ट पारे । यो बिषयमा नेपालगञ्ज उपमहानगरपालिकालाई दोहोरो चरित्र नदेखाउन समेत आग्रह गरे ।
मन्त्रि राईले बैशाख २३ गते संघिय समाजवादी फोरम नेपालले बहुबादको घोषणा हुने हुने समेत बताए ।
गणतन्त्र शक्ति निर्माणको लागि बहुशाक्तिशाली व्यक्तित्व मिलेर संघिय समाजवादी फोरम नेपालले एक नयाँ शक्तिको रुपमा स्थापित हुन लागेको राइले जानकारी दिए । वैशाख १७ गते पत्रकार सम्मेलन गरि संघिय समाजवादीको रुपमा जानकारी गराई एकताको घोषणा तथा नयाँ शक्तिको बारेमा जानकारी गराईने र २३ गते एकता घोषणा गर्ने पनि मन्त्री राईले बताए ।
देशलाई आवश्यकता भए अनुसारको पार्टी निर्माणमा संघिय सामाजवादी फोरम नेपाल लागेको हुनाले देशको शिर्ष नेताहरुको पहलमा नेतृत्व चयनसंगै नेकपा र नेपाली काँग्रेसको सामुन्ने नयाँ बैकल्पीक शाक्ति संघिय समाजवादी निर्माण हुने दावी गरे ।
मन्त्री राईले बाँके जिल्लामा फुसको छोनो भएको परिवारलाई टिनको छाना लगाउनका लागि पचास हजार रुपैया दिनका लागि शहरी विकास मन्त्रलयले योजना अगाडी बढाएको जानकारी दिए ।
यस्तै बाँकेका प्रदेश सांसद विजय बहादुर यादवले शुभकामना मन्तव्य दिदै भने । त्रिभुवन चोक कमल मधेसी चोक भन्दा अरु कसैको नाममा राखेमा संघिय समाजबादी फोरमलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समितिको आयोजनामा जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा प्रथम नगर अधिवेशन भएको हो ।
प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रममा सांसद आइपी खरेल, विजय बहदुर यादव, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक राई, जिल्ला सम्मन्वय समिति बाँकेका अध्यक्ष अजय कुमार श्रीवास्तव, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, समाजसेवी परशुराम बर्मा, संजय जैन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनमा श्रवण कुमार यादव अध्यक्ष पदमा चयन भएका छन।