अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा

नेपालगञ्जमा अजोड इन्सोरेन्स लिमिटेडको शाखा बिस्तार भएको छ । शाखाको उद्घाटन बिहिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले  गरेका थिए।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले फाइनन्सीयल बिमाको क्षेत्रमा अजोडको भुमिका बेजोड रहेने जिकिर गरेका थिए । उनले नेपालगञ्जमा अजोडको उपस्थीतिले खुशि थपेको बताएका थिए ।

शान्तिको धुन सङ्गै सुरक्षाको सुरुवात, अजोड इन्स्योरेन्स सङ्ग हरेक कदमको सहयात्रीु भन्ने मुख्य उद्देश्यका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा सभापतित्वको भुमिका अजोड इन्स्योरेन्स नेपालगन्ज शाखाका सन्चालक सागर गुरुङ्गले गरेका थिए।

अजोड इन्स्योरेन्स लिमिटेडका संचालक सागर गुरुङ्गले मन्तव्यका क्रममा नेपाली निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा दिने उद्देश्यका साथ नेपाली बजारमा बढ्दो रुपमा रहेको बीमाको अत्यावश्यक आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले नेपालगन्जमा पनि शाखा बिस्तार जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उधोग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने,ूअहिलेको समयमा निर्जिवन बिमाको एकदम जरुरी छ। नेपालगन्जमा अजोड इन्स्योरेन्स स्थापना भएकोमा धेरै खुसी लाग्यो। अजोडलाई उद्योग वाणिज्य संघको सधै साथ रहने पनि उनले प्रतिबद्धता व्यक्त गरेका थिए।

 

अजोडका सहायक महाप्रबन्धक निर्मल कुमार अर्यालले पनि कम्पनिका बारेमा जानकारी दिँदै आफ्नो कम्पनिले निरन्तर सेवामा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष नन्दलाल वैश्य र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख गणेश रेग्मीको समेत उपस्थीति रहेको थिया ।