नागरिक्ता

कविता

अँध्यारो कन्दरा तिर
गोर्खे लौरिको बुइ चढेर
नगरसम्म पुग्न नसक्ने
दसकौँ नाघेका मेरा शान्तबिर काका
सरकार खोज्न शहरसम्म हिडदा
बृद्धभत्ताको आसा बोकेर
सिहदरबार च्याउदै
एउटा नागरिक्ता खोजिरहेका होलान ।

सेब्रा हिम चुचुराको बस्तीमा
फुर्बा सेर्पा बुद्धका आनिहरु
चौरिको बथानमा कतै
नेपाली नागरिक्ता नपाएर आशुको
डलबल नुनिला असिना प्यासपान गरिरहेका बेला
चिम्यालोको फुल मुन्तिर
बुकि पाटनको पालमुनी
च्याङ्ग्रा सुसेल्दै त्यो असली नेपाली
नागरिक्ता खोजिरहेको हेर ।

ताराइको सम्म फाटहरुमा
चमेली र चादमारिको फुलबारीमा
ती धर्ती सपूत सतार झागडहरु
नागरिक्ता बिहिन
कोचिले ,चमार मुसहर नागरिकहरु
नागरिक्ता खोजीखोजी मरिहत्ते गर्दा
छत्तीस बर्णको विशाल फुलबारीमा
ए नागरिक्ता तो कता भागिस
कुन सिंहको झोलामा लुकिस
अबत केहिन केही बोल
ए नागरिक्ता तो किन बोल्दैनस।

यो सिंहले तलाई
बैरिको घरघरमा पुगेर बिक्री वितरण गर्दासम्म
उता युपि र बिहारदेखी
आलु बेच्न आएकाले सुपारी पसलबाट
साइकलमा प्याज बोकेर
क्यारिमा पुकार बेच्ने
सबैले तलाई सजिलैसँग पाउन सके
ए नागरिक्ता त कति सस्तो बनिस ?

त्यसैले मलाई उत्तर चाहियो
कि त कतै कास्मिर बन्ने खोजिस हँ ?
मेरो प्यारो नागरिक्ता भन तैले भन्नैपर्छ
सिक्किमिकरणको न्यानो पृतिले कतै अङ्गालो मार्‍योकी ?
कृमियाको लोबले छोयोकी तलाईरु
युगोस्लाभीया तुर्किस्तान बन्नेहोस ररु
ए नागरिक्ता भनन ।

कि कतै
गोर्भाचोभको पकेटभित्र परिस ?
लेन्डुपेहरुको चौतर्फी घेराभित्र भएनी
बोलन मेरो प्यारो नागरिक्ता
म खोजिरहेछु त कहाँ छस
एकपटक त बोल
हिमाल पहाड तराईमा
जुन जस्तो हालतमा छस
जो जसकाे हातमा छस
एकपटक अनिवार्य बोल
ए नागरिक्ता त छिटोभन्दा छिटो बोल ।