दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले दलहरुप्रति राजनीतिक दलकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले सरकारले नेत्र विक्रम चन्द(विप्लव)लाई अनावश्यक रुपमा माथि उठाएको टिप्पणी गरे । ‘कम्युनिष्ट सरकारले अर्को कम्युनिस्ट पार्टीलाई नै दमन गरेको भन्दै वैद्यले आपत्ति जनाए ।