एकताको विषय टुंग्याउन प्रधानमन्त्रीदेखि प्रचण्डसम्म सुटुक्क चन्द्रागिरी

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र सोही पार्टीका नेतासमेत गृहमन्त्री रामबहादुर थापा बिहिबार राती चन्द्रागिरी पुगेका छन्।

पार्टी एकताका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेको स्रोतले उल्लेख गरेको छ। पार्टी एकीकरण प्रक्रियाका साथै अन्य समसायिक राजनीतिक विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

प्रधानमन्त्री ओलीसहित प्रचण्ड र गृहमन्त्री थापा चन्द्रागिरि पुगिसकेको तथा अन्य नेताहरु पुग्ने क्रम जारी रहेको स्रोतको भनाइ छ।

यसका साथै नेकपाका महासचिव विष्णु पौडेल पनि उनीहरुसँगै चन्द्रागिरिमा रहेको बताइएको छ।