विप्लव नेकपाका डोल्पा इन्चार्ज खडका पक्राउ

जाजरकोट,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीका डोल्पा जिल्ला ईन्चार्ज वीरबहादुर खड्का क्षितिज जाजरकोटमा पक्राउ परेका छन् ।

जिल्लाको भेरी नगरपालिका–३ थाप्ले स्थित उनको निवासबाट बुधवार प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले हालसम्म सार्वजनिक गरिएकाे  छैन ।

डोल्पा प्रहरीको सुचनाको आधारमा उनी विप्लवको गतिविधिमा संलग्न भएको हुँदा प्रक्राउ गरेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले बताए । उनलाई हिरासतमा राखेर प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी प्रमुख खत्रीले बताए ।

जाजरकोट लहँ लविस निवासी खड्का विगत लामो समय देखि जाजरकोट सदरमुकाम खलंगामा स–परिवार होटल ब्यवसाय गदै आएका छन् । उनको पारिवारिक स्रोतका अनुसार अहिले उनी नेकपाको नेतृत्वसँग सम्पर्क विहिन भएर पार्टी गतिविधीमा निश्क्रिय थिए ।