बागेश्वरीमा देखिएको त्यो कोलाहल हेर्नुस [भिडियाेसहित]

नेपालगञ्ज उप- महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु आक्रोशित भएका छन ।

आफनो रोजीरोटी खोसेको भन्दै पिडितहरु आक्रेशित भएका हुन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको भन्दै गुठि संस्थान प्रति आक्रोश समेत पोखेका छन ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणा अध्यक्ष रहेकाे गुठि संस्थानले मन्दिरकाे प्रांगनलाइ ब्यवस्थापन गर्न त्यहाँ वरिपरीका ब्यवसायीहरूलाइ हटाएकाे थियाे । 

तर पडितहरूले मुल गेट साइड भन्दा सहायक गेटबाट पारेको भन्दै पुन हेरफेर हुनुपर्ने बताएका छन । पिडितहरूले नियम कानुन पनि सानालाई मात्रै केन्द्रित बनाउने गरेको दुखेशो समेत पोखेका छन । करिब ४० बर्ष अगाडिबाट सुरु गरेको ब्यवसायलाई उचित बिकल्प नदिई एकाशी हटाउन खोज्नु भनेको ब्यवसाय नै धरापमा पार्नु भएको बताएका छन । उता गुठि संस्थानले भने मन्दिर ब्यवस्थापनको लागि उनिहरुलाई स्थान दिएर हटाएको दावी गरेको छ ।

त्यसैको बिरोध गर्दा ५ जना ब्यपारीहरूलाइ प्रहरीले हिरासतमा राखेको समेत बताइएको छ । हिरासतमा हुने ब्यवसायीहरू सुनिल भुजवा,रधे सुनार भुजवा,बब्लु लखेर,सीता सुनार भुजवा,बाटुली बिक र यज्ञ बद्रीचार्य प्रहरी हिरासतमा रहेको बताइएको छ । बिरोध गर्नेहरूलाइ मन्दिरका मुख्य पुजारी चन्दननाथ योगिले मारेर फालिदिने समेत धम्कि दिएको पिडितहरूले बताए

यस्ताे छ भिडियाे जस्ताकाे तस्तै