पढाई खर्च जुटाउन भारततिर भागेका यी ५ बालकलाई यसरी उद्दार गरियो

नेपालगञ्ज,बाँके आफ्नै सदरमुकाम नचिनेका ५ जना बालक आफनो पढाई खर्च जुटाउन भारततिर भाग्दैगर्दा नेपालगन्ज भन्सारबाट फिर्ता गरि उदार गरिएकाे छ ।

जाजरकोट कुशे गाउपालिका ५ दम्दालाका ५ जना बच्चाहरू घरबाट भागेर भारततर्फ जाँदै गर्दा नेपालगन्ज जमुनाहा नाकाबाट प्रहरिले उदार गरेको हो ।

जाजरकोट जिल्लाको कुशे गाउपालिका ५ का कक्षा ७,८,९ मा अध्ययन गर्ने दिपेश थापा, सुशील थापा ,बिरु रावल ,गोबिन्द बिष्ट र रेशम बिष्ट रहेका छन । उनिहरू आफनै सल्लाहमा भारततिर भागेर जाँदै गरेका थिए ।  

बिहिबार बिहान ६ बजे घरबाट भारत पैसा कमाउन हिडेका उनिहरू अभिभावकलाई नसोधेर हिडेका थिए । उनिहरु लगभग ३ घण्टा पैदल यात्रा गरेर जाजरकोट थलह भएर गाडी चडेर काेहलपुर पुगेका थिए  ।

कोहलपुरबाट भन्सारका लागि हिडेका उनिहरुलाइ प्रहरीले भन्सारमा केरकार गरेकाे थियाे  । उनिहरु हिडदै गरेको अबस्थापा प्रहरीले सोधपुछ गर्दा भागेर जान लागेको पाइएपछि जानबाट राेकिएकाे थियाे  ।

 उनिहरुलाई घर फर्काउन सहयोग CWIN office नेपालगञ्जले गरेकाे थियाे भने बिहिबार नै उनिहरुलाई आफन्तको जिम्मा समेत लगाइएको छ ।