यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक

काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोशुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको हाे । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। माेटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ ।

सेनाले देखाएको प्रदर्शन अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

त्यसैगरी मन्त्रीगणहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल स्थित कुटनितिक नियोगका प्रमुखहरु, उपच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारी लगायतको उपस्थिति थियो । घोडेजात्राको उपलक्ष्यमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।