कर्णालीका प्रतिपक्षी सांसदले आँधी पीडितलाई ४ दिनको तलब सहयोग गर्ने

बिज्ञप्ति सहित

कर्णाली प्रदेशका कांग्रेस सांसदहरुले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि आफ्नो तलब कटाएर राहत सहयोग गर्ने भएका छन् । संसदीय दलका नेता जीवनबहादुर शाहीले ७ दिनको तलब र अन्य सांसदले ४ दिनको तलब दिने भएका हुन् । कर्णालीमा नेपाली कांग्रेसका ६ जना सांसद रहेका छन् ।

सांसद दिनबन्धु श्रेष्ठ, यज्ञ विसी, झोवा विक, हिमबहादुर शाही, अृमता शाहीले ४  दिनको तलब दिने भएका हुन् । संसदीय दलका नेता जीवनबहादुर शाहीले तलब दिने विषयमा प्रदेश सभा सचिवालयलाई बुधबार जानकारी गराए  । शाहीले बारा र पर्सामा ठूलो धनजनको क्षति भएकाले आफूहरुले गरेको सहयोगले थोरै भए पनि राहत हुने बताए ।

हेर्नुस बिज्ञप्ति