शहरी विकास मन्त्री राईद्धारा पत्रकार महासंघ बाँकेको व्यवसायीक भवन शिलान्यास

 नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यवसायीक भवन बनाउने तयारीमा छ । आज बुधवार मन्त्री राईले भवनको शिलान्यास गरे ।

राईले संसद विकास कार्यक्रम अन्र्तगत रु ५ लाख सहयोग गर्ने भएपछि महासंघले आफ्नो जग्गामा भवन बनाउन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री राईले जिल्लाको पत्रकारिताक्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन ।

उनले समग्र जिल्लाका् विकासका लागि सन्चारक्षेत्रको पहलकदमी आवश्यक रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले व्यवसायीक भवन निर्माण भएपछि भाडामा दिने र त्यसबाट आउने पैसाले पत्रकारिताक्षेत्रको बृत्ति विकासमा खर्च गर्ने बताएका थिए।