जब वडा कार्यालयको ढोकामै विप्लव समूहको पर्चा भेटियो……..

सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ ।

नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको पर्चासमेत भेटिएको मेहेलकुना प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक सर्वजित बलेली मगरले जानकारी दिए ।

उनका अनुसार उक्त वस्तु पहिचान भने हुन सकेको छैन ।