रक्तिम साँस्कृतिक अभियान बाँकेको संयोजकमा लामिछाने

काे हुन त लामिछाने ?

रक्तिम सांस्कृतिक अभियान बाँकेको संयोजकमा अखिल (छैठौं)का पूर्व विद्यार्थी नेता शरद लामिछाने चयन भएका छन । रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय संयोजक नारायण योगी र पुर्ब केन्द्रिय सचिब मान बहादुर भण्डारीको बिशेष उपस्थितिमा शुक्रवार बाँकेको कोहलपुरमा सम्पन्न भेलाले लामिछानेलाई जिल्ला संयोजकमा चयन गर्दै ९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो।

नवगठित समितिको सदस्यहरुमा पार्वती रम्तेल, ईश्वर पाण्डेय, गोरखनाथ योगि, चतुर्भुज बुढाथोकी, जुलियस लामिछाने, कृष्ण रसाइली, मुना राना र ज्ञानु खत्रीलाई चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा मानबहादुर भण्डारी, उत्सव काफ्ले, केशवराज शाही, सन्देश अधिकारी र इन्द्रबहादुर बिसिलाई चयन गरेको छ ।

काे हुन त लामिछाने ?

जनसाँस्कृतिक मोर्चाका नव निर्वाचित संयोजक लामिछाने अखिल छेठौका पुर्व लोकप्रिय विध्यार्थी नेता समेत हुन । उनि २०६२र६३ भन्दा पहिले नै तिन कार्यकालसम्म वांके जिल्ला संगठनको अध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारी समाली सकेका छन । लामिछानेले जनवादी साँस्कृतिको पक्षमा नयाँ मोर्चा खडा गर्न आफु नेतृत्वमा आएको बताए । पछिल्लो समय देशमा पश्चिमेली छाडा संस्कृती हावी भैराखेको अबस्थामा जनबादी संस्कृतिको मोर्चा कस्नु अपरीहार्य भएको लामिछानेको भनाई छ । प्रगतिशिल साहित्य र गित संगितलाई नियोजित तरिकाले सिध्याइदै छ ।

हाम्रो आफ्नै किसिमको प्रगतिशिली कला सस्कूर्ती संकटमा परेको अवस्थामा मैले यो मोर्चा समालेको हुुु लामिछाने भन्छन । बिकृती र बिसंगतिलाई पाखा लगाउदै नेपाली माटो सुहाउने जन जनका गित संगित गरिब किसान, सर्बहारा र गरीब बर्गको जनजिबिका संग मेल खाने संस्कार निर्माणको अभियानको साथै आउने दिनहरुमा जिल्ला व्यापिरुपमा रक्तिम साँस्कृतिक अभियानले साँस्कृतिक प्रशिक्षणहरु गर्ने कुराको जानकारी दिए । साथै भेलाले वुटवलमा हुन लागेको राष्ट्रिय भेलामा सहभागीताको लागी जिल्ला स्तरमा पनी व्यापक रुपमा तयारी गर्ने र जिल्ला व्यापी रुपमा संगठन बिस्तार गरी अर्को बृहत जिल्ला भेला मार्फत रक्तिमको पुर्ण जिल्ला समिती निर्माण गर्ने जानकारी दिए

केहो त रक्तिम साँस्कृतिक मोर्चा

रक्तिम सास्कूर्तिक अभियान मोहन विक्रम सिँहले नेतूत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मसालको साँस्कृतिक मोर्चा हो ।
२०४२ सालमा स्थापना भएको रक्तिम साँस्कृतिक अभियानको सस्थापक अध्यक्ष जनवादी गायक जिवन शर्मा थिए । यस मोर्चाले आफ्नो स्थापना काल देखी नै राष्ट्रियता तथा श्रमजिवी जनताको जनजिविकाका सवाल प्रगतिशिल गित संगित तथा साहित्यमा निरन्तर रुपमा जनतालाई जागरुक वनाउदै आएको छ ।

निरन्तर लामो समय साँस्कृतिक आन्दोलनको अग्रणी मोर्चामा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका जिवन शर्माले हाल विदा लगिसकेका छन । हाल रक्तिम सास्कुर्तीक अभियानको संयोजकको जिम्मेवारी नारायण योगीले समालेका छन । यही चैत्र २६ र २७ गते वुटवलमा मोर्चाको राष्ट्रिय भेला हुदैछ ।