फरुवाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

बाँकेको डुडुवा गाउँपालिका ६ पट्वारीपुर्वामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार घर नजिकैको आलु बारीमा हत्या गरिएको अवस्थामा ३५ बर्षिया राधा मुराउको शवं फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले महिलाको हत्या गरिएको अवस्थामा शवं फेला परेको जानकारी दिए । ‘महिलाको घाँटीको केही भाग काटिएको अवस्था रहेको छ’ उनले भने,‘हामी अनुसन्धानको क्रममा नै छौं ।’

प्रहरी उपरिक्षक पौडेलले कसैले राधाको हत्या गरेको हुनसक्ने देखिएको बताए । स्थानीयबासीबासीका अनुसार भने ५० वर्षीय बुद्धिराम मुराउले घर नजिकैको बारीमा आलु खन्ने र प्याजमा पानी सिंचाई गर्ने क्रममा फरुवाले हानेर राधाको हत्या गरेका थिए ।

राधा बुद्धिरामकी दोस्री श्रीमती रहेको बताइएको छ । घटना लगत्तै श्रीमान् बुद्विराम फरार रहेको बाँके प्रहरीले जनाएको छ ।