यो आँखा हो, प्रिया, कहाँ मान्दोरहेछ र नहेर भनेर….

गजल

महोदय, यथार्थ पनि खल्लो लाग्न सक्छ धेर भनेर
कुबेर बन्न सकिदैन नि यार स्वयंमलाई कुबेर भनेर ।

अझै याद छ ! भुलेर पनि अनुहार नदेखाएस भनेको
यो आँखा हो, प्रिया, कहाँ मान्दो रहेछ र नहेर भनेर ।

तिमीले त सजिलै दिलको चित्र केर्न माग राखेर गयौ 
यत्ति भनेर जाउ, कुन हकमा आदेस दियौं ? केर भनेर ।

उसले मेरो मुटुको भकुण्डो बनाउन मुटु गाँसेको रहेछ
म सायद भ्रममा रहेछु, माया भनेको मुटु साटफेर भनेर ।

कुशे गाँउपालिका ५ जाजरकोट