हावाहुरीले रूवायो मुस्लिम बस्ती- सकेनन् रोक्न अल्लाह भगवानले पनि !

यतिबेला बारा र पर्सामा आइतवार बेलुका आएको हावाहुरीले निकै ठूलो वितण्डा मच्चाएको छ । भावबिवल मात्रै हैन निक्कै मर्माहत बनेकाे छ बारा पर्सा । 

दिनभर दुःखजिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममै थिए । एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् उनीहरुले।

चैतको मौसम भएकाले साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् तर त्यही भयो ।

खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवानलाई पुकार्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरे । क्षणभरमै बस्ती सखाप भयो ।

बस्तीमा न घर रह्यो न त अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति सिर्जना भएको छ ।

गृह मन्त्रालयका अनुसार २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।

सयौं घाइते भएका छन् । घाइतेहरूको कलैया, वीरगञ्ज तथा काठमाडौं लगायतका स्थानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हुरीले धेरैको घरबार खोसेको छ । कतिले परिवारका सदस्य गुमाएका छन् । पीडा हेरिसाध्ये छैन ।

बाराको फेटा गाउँपालिका ३ पुरैनियाकी मुकिमा खातुन् सोमवार मध्याह्न भग्नावशेषमा उभिएर टोलाउँदै थिइन्
हृदयविदारक सन्नाटाको बीचमा उभिएकी मुकिमाको घरको नामोनिशान छैन । इँटा र काठहरूको थुप्रो मात्र देख्न सकिन्छ ।

फूसका घरहरू त हावासँगै उडेका छन् । गाउँभरिमा ११ जनाले ज्यान गुमाएका छन् । दुई छोरा र सासूसहित परिवारका सदस्यहरू घाइते छन् । घरभित्र रहेको अन्नपात नष्ट भएको छ, बाख्रा(कुखुरा मरेका छन् ।

पुरैनिया पुरै मुस्लिम बस्ती हो ।

मरेर जाने त गए, बाँच्नेहरूले निकै सकसपूर्ण दिन व्यतित गरिरहेका छन् । कोही ढलेको बाँसको झाङलाई सहारा बनाएर बसेका छन् भने कोही घाइते आफन्त र पुरानो बस्ती सम्झिएर भावविह्वल छन् ।

हाम्रै अगाडि भीडबाट एक महिलाले भनिन्, अल्लाह १ गाउँमा यो कुन काल आयो ?  अल्लाहसँग उनको प्रार्थना छ, यस्तो काल कतै नआओस् ।