सरकार पुग्नु अघि नै पुगे धुर्मुस, हावाहुरी प्रभावित क्षेत्र बारा

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस राहत सामग्री सहित हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फ बाट राहत सामाग्री लिएर बारा पुगेको धुर्मुसले बताए ।

टेलिफोनमा धुर्मुसले भने, ‘बारा पुगिसकेका छौं । आधा घण्टामा प्रभावित क्षेत्रमा पुग्छौं ।’आफूहरू प्रभावित क्षेत्र पुग्ने बित्तिकै उद्धार तथा राहतमा खटिने बताए ।

त्रिपाल, कम्बल, खाद्यान्न लगायतका सामाग्री आफूहरूले लगेको धुर्मुसले बताए । धुर्मुसले हावाहुरीको घटनाले आफूलाई बेचैन बनाएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।