सगरमाथा टोलाइरहेछ

पुर्खाहरुका रक्तिम पाइला
मातृत्वको डोबले मुछिएको थियो
गर्विलो(रमाइलो बगैंचा
आफ्नै अस्तित्व रक्षार्थ ।

पुर्खाहरुको कृति अझै विस्मृत भैसकेको छैन
मेटिइसकेको होइन ति
सुनौला अक्षरले कुदिएको विगत,
अचेल,
गाउँबेसी विवश छ लुकाउन आशु
हतारमा छ सहर आफैलाई रुमलाउन ।
जबकी, नवठालुहरु व्यस्त छन
बिल्कुल महाकाली(गण्डकी(कोशी झैं
कर्णाली र अरुण बेच्न
आफ्नै स्वजन लुट्न ।

हाम्रो भविष्य हराउन लागेको बखत,
हाम्री आमा चिथोरिन लागेको बखत,
वर्तमानका बलभद्र
वर्तमानका भक्ति थापा
वर्तमानका बिसे नगर्ची
कहाँ अलमलिएका छन ?
कहा हराएका छन ? 

आज मेरो सगरमाथा टोलाइरहेको छ ।