हेमन्त वली पक्राउबारे सर्वोच्चले माग्यो जवाफ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलाई अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ समेत मागेको छ ।

हेमन्तकी छोरी विपना वलीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो निर्णय गरेको हो ।