बाँकेमा बिप्लवका चार नेता पक्राउ

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका चारजना नेता बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला कमिटी सदस्य तथा न्यायीक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्यफाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पुर्व जनसरकार प्रमुख सन्तोष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

उनीहरु जिल्लाका विभिन्न स्थानमा बम राख्ने, एनसेल टावरमा आगजनी गर्ने लगायतका अपराधिक कार्यमा संलग्न भएको प्रहरी उपरीक्षक पौडेलले बताए । प्रहरीले संगठित अपराध र राज्यद्रोहमा मुद्धा चलाएको जनाएको छ ।