विध्यार्थी नेता वटाला रिहा

विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीको भातू संगठन अखिल (क्रान्तिकारी) बांके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई कमिटी अध्यक्ष सुनिल वटाला बांके जिल्ला अदालत आदेशमा पच्चिस हजार धरौटी तिरेर रिहा भएका छन ।

विध्यार्थी नेता वटाला लाई Ncell टावरमा आगजनी गरेको आरोपमा गत फागुन १८ गते कोहलपुर आफ्नै रुममा वसीराखेको अवस्थामा गिरफ्तार गरेर हिरासत मा राखी सार्वजनिक मुद्धा चलाएको थियो ।

त्यसको केही दिन भित्रै अखिल (क्रान्तिकारी) बांके ले आफ्ना विध्यार्थी नेता लाई फरक विचार र आस्थाकै आधारमा गिरफ्तार गरेको गितफ्तार गरेको भनी जिल्ला भर आम शैक्षिक हडतालको आवहान गरेको थियो ।