नेपालगञ्ज महिला यात्रुलाई लक्षित गरी नगरबस संचालन
प्रकासित मिति : २०७५ चैत्र १२, मंगलवार २०:५०
प्रकासित समय : २०:५०
नेपालगञ्ज उप–महानगरपालिकाबाट महिला यात्रुका लागि लक्षित गरी नगरबस संचालन हुने भएका छन । जिल्लाका ग्रामिण क्षेत्रसम्म नगर बस संचालन हुने भएका हुन् ।
नेपालगञ्जबाट, कोहलपुर, खजुरा, हिरमिनिया, कम्दी लगायतका स्थानसम्म नगर बस संचालन हुन लागेको हाे । नेपालगञ्जमा यहि असारभित्रै सातवटा बस खरिद गरि संचालनमा ल्याउने तयारी गरिएको उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले जानकारी दिए ।