बाँकेका वडा अध्यक्ष बर्माले दिए एसइई परीक्षा

 बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडाध्यक्ष रमेश बर्मा माध्यामिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका छन् ।

खजुरा गाउँपालिकाको आदर्श मावि परीक्षा केन्द्रबाट जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडा अध्यक्ष  बर्मा र खजुरा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य कृष्णमाया नेपाली परीक्षार्थीको रुपमा सहभागी भएका हुन ।  दुबैजर्ना खजुरास्थित ज्ञानोदय खुला विद्यालयका विद्यार्थी हुन । 

बाँकेमा ३३ केन्द्र तोकिएकोमा ५ परीक्षा केन्द्रमा महिला शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । बाँकेका ८ स्थानीय तहबाट आठ हजार १७५ जना विद्यार्थी सहभागी भएका छन् । गतबर्ष भन्दा यसबर्ष एकहजार बढी परीक्षार्थी सहभागी भएका छन् ।  गतबर्ष सात हजार ३०२ जनाले परीक्षामा सहभागीता जनाएका थिए ।