‘भारतमा चुनावअघि केही हुन्छ कि भनेर चिन्तामा छु’- इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फाइनैन्शियल टाइम्स’ लाई दिएको अन्तर्वार्तामा भारत ’युद्धोन्माद’ बाट ग्रसित रहेको बताएका छन् । उनले भरातमा चुनाव रहेको र यसका लागि एक अर्काे टकरावको आशंका व्यक्त गरे ।

खानले आफू भारतमा भइरहेको चुनाव अवधिभर चिन्तामा रहेको बताए । पाकिस्तानी प्रधामन्त्रीले भने, ‘म महसुस गरिरहेको छु कि फेरि केही हुन सक्छ ।’ भारत र पाकिस्तान दुवै परमाणु शक्ति सम्पन्न देश हुन् र दुवै देशबिच अहिले पछिल्लो एक दशककै सबैभन्दा बढि तनावको स्थिति बनेको छ ।

यो अन्तर्वार्तामा खानले पाकिस्तानको अर्थव्यवस्था मजबुद रहेको बताउँदै आफ्नो देशलाई चीनको क्लान्इट बन्न नदिने बताए । इमरान खानले यो पनि भने कि पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदसँग पाकिस्तानको कुनै सम्बन्ध छैन ।

जैश–ए–मोहम्मदले नै भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा ४० सुरक्षाकर्मीको ज्यान गएको हमला घटनाको जिम्मेवारी लिएको थियो । ६६ वर्षका इमरान अघिल्लो वर्षको अगष्टमा सत्तामा आएका थिए । खानले पाकिस्तानमा आतंकवादी संगठन रहेको कुराको पनि इनकार गरेका छन् ।

उनले भनेका छन् कि ‘सत्तामा आएलगत्तै आतंकवादी संगठनका विरुद्ध थुप्रै सफल अप्रेशन चलाइएको छ ।’ खानले भनेका छन्, ‘ यो नयाँ पाकिस्तान हो जहाँ आतंकवादी गतिविधिका लागि कुनै ठाउँ छैन ।’

१४ फब्रुअरीमा भारतीय सुरक्षा बलमाथि भएको आत्मघाती हमलापछि दुवै देशमा तनाव बढेको छ । अहिलेसम्म भारतको नीति कुनै हमला भएपछि थप हमलाबाट बच्ने हुन्थ्यो तर पुलवामा हमलापछि भारतले सीमामा कारवाही गर्ने रणनीति अपनाएको छ ।

यस पटक पाकिस्तानले पनि भारतको एयरस्ट्राइकको केही घण्टामै जवाफ दिएको थियो । पाकिस्तानले भारतीय वायुसेनाका एक पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई सकुशल रिहा गरिएको थियो ।

इमरान खानले भने, ‘जब पुलवामामा आत्मघाती हमला भयो मलाई लाग्यो कि मोदी सरकार युद्धोन्मादको सन्देश दिन्छन् । भारतीय नागरिकले थाहा पाउनुपर्छ कि यो सब चुनाव जित्नका लागि भइरहेको छ । सत्य हो हो कि यो उपमहाद्वीपमा वास्तविक मुद्दा अरु नै केही छ ।’

कश्मीर मुस्लिम बाहुल्य क्षेत्र हो । तर त्यहाँ पाकिस्तानको पनि दाबी छ ।

खानको भनाई छ कि ‘जुन जैश–ए–मोहम्मदको कुरा गरिँदैछ त्यो भारतमा छ र जुन युवकले आत्मघाती हमला गरे उनी १९ वर्षका कश्मीरी थिए । इमरान खान भन्छन्, ‘हमलाकारी भारतीय थिए कार पनि भारतीय थियो, जो विस्फोटक थियो त्यो पनि भारतबाटै ल्याइएको थियो अनि पाकिस्तानलाई किन आरोप लगाइँदैछ?’