पुर्व सहकर्मी बेडमा छटपटाईरहेको भन्दै पचालझरन गाँउपालिका अध्यक्ष सेजुवालले लेखे मार्मिक स्टाटस

एक महिनाको पारिश्रमिक भत्ता सबै सहयोग गर्ने घोषणा

कालीकोट पचालझरन गाँउपालिका अध्यक्ष खडकराज सेजुवालले मृगौला रोगबाट पिडित जाजरकोटका युवा नेता केबी मल्ललाई भावुक संबोधन सहित सहयोगको घोषण गरेका छन ।

गाँउपालीका अध्यक्ष सेजुवालले पुर्व जनयुद्धकालिन यौद्भा मृगौला फेल भयर बेडमा छटपटाईरहेको खबरले मर्माहत भएको बताएका छन । 

 अध्यक्ष सेजुवालले बजारमा होलिको रङले दुनिया रंगिरहेको बेला पुर्व सहयौद्धा अस्पतालको बेडमा छटपटिरहेको खबरले निक्कै मर्माहत भएको बताएका छन । अध्यक्ष सेजुवालले भनेका छन सबै होली खेलिरहदा हस्पिटलको बेडमा एक जनयुद्ध कालिन यौध्दा के बि मल्ल दुबै मृर्गौलाले काम नगरि छट्पटी रहेको खबरले असाध्यै पिडाबोध भएको छ । स्वास्थ्य लाभको कामना सहित एक महिनाको मेरो नाममा आउने पारिश्रमिक भत्ता सहयोग गर्ने  घाेषणा गर्न चाहन्छु । साथै पालिकाबाट पनि सकियो भने द्वन्दपिडित राहतकोष मार्फत सहयोग गर्ने धोषणा गर्दै । कोडिनेसन गरिदिनु हुन आफन्त जनमा अनुरोध छ  ।

कालीकोटका लोक प्रिय युवानेता तथा पचालझरण गाँउपालिका अध्यक्ष सेजुवाल पुर्ब बिद्यार्थी नेता समेत हुन । 

अस्पतालको आइसियुमा राखेर उपचार गराइरहेका मल्लको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान चलिरहेको छ । उनको उपचारका लागि जाजरकोटको कुशे गाउँपालिकाले यसअघि पाँच लाख सहयोग प्रदान गरिसकेको छ । जुझारु विद्यार्थी नेताको पहिचान बनाएका मल्ल अस्पतालमा भर्ना भएको थाहा पाएपछि उनको केही नेताहरुले अस्पतालमै गएर सहयोग गर्ने घोषणा गरेका छन् । मल्लको गृहजिल्लाका नेता राजिव शाहले अस्पतालमै मल्ललाइ भेटेर एक लाख सहयोग घोषणा गरेका छन् । मल्ललाइ पूर्वमन्त्री दलजित श्रृपाइली, पूर्व संसद रत्नप्रसाद शर्मा, जीवन दर्शनका चर्चित प्रशिक्षक नरबहादुर कार्की, शिक्षक नेता शेरबहादुर अधिकारी लगायतले अस्पतालमै पुगेर सहयोग गर्ने घोषणा गरेका छन्  ।

जाजरकोट  घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ ।